
बुटवल, साउन २७ । लामो समयदेखि विद्युत् आपूर्ति कटौती हुँदा उद्योग–व्यवसाय धराशायी बन्दै गएको व्यवसायीहरुले बताएका छन् ।
रुपन्देहीका उद्योगी–व्यवसायीहरुले विहीबार बुटवलमा पत्रकार सम्मेलन गरी ‘लो भोल्टेज’ एवं अनियमित लोडसेडिङले उद्योगहरु प्रायः बन्द अवस्थामा पुगेको बताएका छन् ।
‘विद्युत् आपूर्ति कटौती हुँदा प्रत्यक्ष असर भोग्दै आएका व्यवसायीहरुले विद्युत् प्राधिकरणको सेवामा सुधार नगरी विद्युत् महसुल बृद्धि गर्नु अन्यायपूर्ण’ भएको व्यवसायी दिनेशराज रेग्मीले बताए ।
रुपन्देहीको विद्युत् आपूर्ति व्यवस्था अत्यन्त संकटग्रस्त रहेको भन्दै तत्काल सुधार गर्न व्यवसायीहरुले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्