
बारा, साउन २८ । पर्सा वन्यजन्तु आरक्षको विस्तारसँगै बाराका तीन गाउँका बासिन्दा त्रसित बनेका छन् ।
आरक्षसँगै जोडिएका रतनपुर, चकरी र डम्मरपुरका बासिन्दा जंगली जनावरको गतिविधि बढ्ने आशंकामा त्रसित बनेका हुन् ।
झन्डै ४ हजार घरधुरीका १५ हजार जनसंख्या रहेका ती बस्तीमा स्थानीयले आरक्ष विस्तार रोक्न माग गरेका छन् । आफूहरुलाई घेराबन्दीमा पारिएको भन्दै उनीहरु विरोधमा उत्रिएका छन् ।
गत वर्ष असार ४ गते मन्त्रिपरिषद्को निर्णय अनुसार बाराको राष्ट्रिय वन १ सय २३ दशमलब ६० वर्ग किलोमिटर क्षेत्रफल पर्सा वन्य जन्तु आरक्षमा विस्तार गरिएको थियो ।
बाराको राष्ट्रिय वनको केही भाग जोडिएपछि पर्सा वन्यजन्तु आरक्ष ६ सय ३७ दशमलव ३७ वर्ग किलोमिटर फैलिन पुगेको छ । यसअघि आरक्षको क्षेत्र ४ सय ९९ वर्ग किमी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्