२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेपाली भाषा नबुझ्ने नेपालीका लागि अदालतमा दोभाषे


0
Shares

पाँचथर, साउन ३० । नेपाली भाषा नबुझ्ने सर्वसाधारणलाई सुविधा दिन जिल्ला अदालत पाँचथरले पहिलो पटक विभिन्न समुदायका १४ जना दोभाषे नियुक्त गरेको छ ।

नियुक्त गरिएका दोभाषेमा लिम्बू, राई, मगर, शेर्पा र अंग्रेजी भाषी छन् । नेपाली भाषा बुझ्न र बोल्न नसक्ने सर्वसाधारणका लागि भाषा उल्था गर्न दोभाषेले सहयोग पुर्‍याउने श्रेष्तेदार टेकेन्द्रवीर राणाले जानकारी दिए ।

गत महिना दरखास्त आह्वान गरी छनौट गरिएकाहरुलाई परिचय पत्र वितरण गर्ने तयारी गरिएको राणाले बताए ।

जिल्ला अदालतले यसरी दोभाषे नियुक्त गरेको यो नै पहिलो पटक हो । उनीहरुलाई सरकारी नियम अनुसार सुविधा उपलव्ध गराइने अदालतले जनाएको छ ।