
काठमाडौं, साउन ३० । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरलाई बिरामी जाँच्न नदिन निर्देशन दिएका छन् ।
आज विहान स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेतीलाई टेलिफोन गरी उक्त निर्देशन दिएका हुन् ।
नक्कली प्रमाणपत्रको आरोपमा निगरानीमा रहेका डाक्टरले बिरामी जाचिरहेको जानकारी पाएपछि रोक्न निर्देशन दिएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको हो ।
नक्कली भनिएका डाक्टरहरुले हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच्न थालेको जानकारी आएकाले छानविनमा रहेका डाक्टरलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्ने व्यवस्था मिलाउन दाहालले सचिव उप्रेतीलाई निर्देशन दिएका हुन् ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चनाखो भएर काम गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्