२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पाकिस्तानी दुतावासमा ७० औं स्वतन्त्रता दिवस मनाइयो


0
Shares

काठमाडौं, साउन ३० । पाकिस्तानले आज ७० औं स्वतन्त्रता दिवस मनाउँदै छ । यस अवसरमा नेपालस्थित पाकिस्तानी राजदुतावासले एक कार्यक्रम आयोजना गरी स्वतन्त्रता दिवस मनाएको छ ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदुत मजहर जावेदले पाकिस्तानको राष्ट्रिय झण्डा झण्डोत्तलन गरेका थिए ।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो ।

हरेक बर्ष १४ अगष्टका दिन पाकिस्तानले स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ ।