२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


आर्यन र नम्रता वर्षकै उत्कृष्ट


0
Shares

पोखरा, साउन ३० । बर्षको उत्कृष्ट नायक नायिकाबाट आर्यन सिग्देल र नम्रता श्रेष्ठ सम्मानित भएका छन् ।

पोखरामा सम्पन्न आठौं डी सिने अवार्डमा सिग्देलले उत्कृष्ट अभिनेता र श्रेष्ठले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेका हुन् । उनीहरु दुबैले चलचित्र क्लासिकबाट यो अवार्ड प्राप्त गरे ।

त्यस्तै आर्यन सिग्देल र सुवास इन्टरटेन्टमेण्टद्वारा निर्मित चलचित्र क्लासिक बर्षको उत्कृष्ट चलचित्रको अवार्ड जित्न पनि सफल भएको छ । यही चलचित्रबाट युवराज चौलागाईले उत्कृष्ट गायकको अवार्ड जितेका छन् । उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र पशुपतिप्रसादबाट दिपेन्द्र के खनालले जित्न सफल भए भने सोही चलचित्रका खगेन्द्र लामिछानेले उत्कृष्ट पटकथाको पुरस्कार प्राप्त गरे ।

आयोजक छायाँछवि क्रियशनले पहिलोपटक काठमाडौं बाहिर पोखरामा यो अवार्ड प्रदान गरेको हो । कार्यक्रममा अरु थुप्रैं कलाकार पनि सम्मानित भए ।