
काठमाडौं, साउन ३१ । प्रधानमन्त्री पुष्पकमल दाहालले नीजि क्षेत्रको सहकार्यमा आर्थिक विकासका लागि सरकारले काम गर्ने बताएका छन् ।
सोमबार बिहान नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले नीजि क्षेत्रको सहकार्यमा आर्थिक विकास हुने उल्लेख गर्दै सरकार यसका लागि सकारात्मक रहेको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले भने, ‘आर्थिक विकासबिना मुलूकका अन्य उपलब्धिहरु संस्थागत हुन कठिन छ । नीजि क्षेत्र र सरकार मिलेर काम गर्ने वातावरण निर्माण गर्नुपर्छ ।’
उनले आर्थिक विकास र समृद्धि सरकारको प्राथमिकतामा रहेको पनि प्रष्ट पारे । ‘यसमा तात्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न तपाईहरुको साथ, सहयोग र विश्वास रहनेछ,’ चेम्बरका प्रतिनिधिहरुसँग उनले भने ।
भेटमा नीजि क्षेत्रका प्रतिनिधिहरुले आर्थिक विद्येयकहरु छिटो पारित गराउन, कालोबजारी ऐन संशोधन गर्न, तातोपानी नाका खुलाउन तथा पूर्वाधारको विकासका योजना अघि बढाउन आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्