
काठमाडौं, साउन ३१ । आज यस वर्ष साउनको अन्तिम सोमवार । विवाहित हिन्दू नारीहरु आफू, आफ्ना पति र सन्तानको सुख शान्ति र श्रीवृद्धीको कामना गर्दै व्रत बसेर मनाउने गर्दछन् ।
अविवाहित नारीले भने असल पतिको कामना गर्दै यस दिन व्रत बस्ने गर्दछन् । यसदिन पशुपतिलगायत देशभरका शिव मन्दिरहरुमा दर्शनार्थीको घुईंचो लागेको छ ।
काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, नुवाकोटको दुप्चेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर लगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि पूजा गर्ने र बोलबम मेला भर्नेको भीड लागेको छ । साउन महिनाको सोमबार शिवको पूजा अर्चनाका लागि पवित्र महिना मानिन्छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्