२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


चन्द्र शमशेरकालिन एकसय वर्ष पुराना भवन भत्काइयो


0
Shares

उदयपुर, साउन ३१ । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकास्थित फत्तेपुुरमा राणाकालिन भौतिक संरचना भत्काउन थालिएको छ ।

चन्द्र शमशेरकालिन एक सय वर्ष पुराना भवन सडक विस्तार र पार्र्क निर्र्माण गर्ने भन्दै भत्काइएको हो ।

चद्र शमशेरको शासन कालमा चन्द्र नहर निर्माणका लागी फत्तेपुरमा एक दर्जनभन्दा बढी बंगला निर्माण गरिएको थियो ।

ईंट्टा र घरेलु सिमेन्ट सुर्र्कीबाट बनाइएका आधा दर्र्जन दुई तले घर नगरपालिकाको निर्र्देशनमा भत्काइएका हुन । पछिल्लो समयमा सो भवनमा प्रहरी चौकी बस्दै आएको थियो ।