
फाइल फोटो
काठमाडौं, साउन ३१ । अखिल क्रान्तिकारीले बन्दका दिन कक्षा सन्चालन गर्ने काठमाडौंका तीनओटा कलेजमाथि कारबाही गरेको जनाएको छ ।
अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेकाअनुसार काठमाडौं मोडेल नर्सिङ कलेज र एसएमएस कलेजले बन्दका दिन कक्षा र प्रशासन सन्चालन गरेकाले ती कलेजमाथि अखिल क्रान्तिकारीका कार्यकर्ताले तोडफोड गरेका हुन् ।
काठमाडौं मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालय र सिटिइभिटीबाट सम्बन्धन लिएर कार्यक्रम सन्चालन गर्दै आएको छ भने एसएमएस कलेज, बनस्थलीले सिटिइभिटीका कार्यक्रम सन्चालन गरिरहेको अखिल क्रान्तिकारीले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी, शंकरापुर एकेडेमी जोरपाटीमा अखिल क्रान्तिकारीका कार्यकर्ताले तोडफोड गरेको अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले बताए । रासस
प्रतिक्रिया दिनुहोस्