
बाग्लुङ, साउन ३२ । बाग्लुङको रेश गाविस–७ देउराली नजिकै सोमबार राति जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित २ जना घाइते भएका छन् ।
लेखानीको कादेशबाट रेशतर्फ जाँदै गरेकोे ध १ ज ३४८ नम्बरको जीप देउराली नजिकै दुर्घटना हुँदा रेस गाविस–७ का गिरी थापा र नारायण जिसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
जीप चालक खड्कबहादुर थापा र पदम थापा घाइते भएका छन् । घाइतेको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्