
फाइल फोटो
काठमाडौं, साउन ३२ । अनशनरत् गंगामाया अधिकारीको अवस्था नाजुक भएपछि उनलाई अहिले आइसीयुमा राखिएको छ ।
गत बिहीबारदेखि गंगामायाले स्लाइन र औषधिसमेत नलिइ आमरण अनशन सुरु गरेपछि उनको अवस्था नाजुक भएको हो ।
मानवअधिकारकर्मी इन्द्र अर्यालकाअनुसार गंगामायालाई स्लाइन चढाउन खोज्दा उनको नाडीमा रगत ‘जाम’ भएपछि अहिले घाँटीबाट स्लाइन दिने तयारी भइरहेको छ ।
आइतबारदेखि मानवअधिकारकर्मीले सरकारलाई दबाब दिन ‘गंगामाया बचाऔं’ अभियान सुरु गरेका छन् । सोहीअनुसार मानवअधिकारकर्मीले मंगलबार उनी अनशनरत् वीर अस्पतालमा नै धर्ना दिएका छन् ।
वि.सं. २०६१ मा तत्कालीन माओवादीले आफ्नो १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेको भन्दै गंगामाया र नन्दप्रसाद अधिकारी अनशनमा बसेका थिए ।
अनशनरत् अवस्थामा नै नन्दप्रसादको दुई वर्षअघि मृत्यु भएपनि गंगामाया एक्लै अनशनलाई निरन्तरता दिइरहेकी छन् । रासस
प्रतिक्रिया दिनुहोस्