
काठमाडौं, भदौ १ । नेपालका लागी भारतीय राजदुत रणजीत रायले नेपाल र भारतका शिर्ष नेतृत्वहरुको भ्रमण छिट्टै हुने बताएका छन् ।
रिपोटर्स क्लबले आज काठमान्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत रायले उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधीको भारत भ्रमणपछि भ्रमणको मिती तय हुने बताए ।
उनले भारतीय राष्ट्रपती प्रणव मुखर्जीको नेपाल भ्रमण,राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डको भारत भ्रमणको मिती उपप्रधानमन्त्री निधीको भ्रमणका क्रममा तय हुने जानकारी दिए । भारतमा उपप्रधानमन्त्री निधीले उच्च नेतृत्वसंग भेट गर्ने समेत दावी गरे ।
उनले भारत नेपालको स्थायीत्व र शान्तीको पक्षमा रहेको धारणा राखे । छिमेकी मुलुक अशान्त रहदा भारतको बिकासमा समेत अबरोध पुग्नेतर्फ भारत सचेत रहेको उनको भनाई छ ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता नारायण खड्काले नेपालको परिवर्तनमा भारतले चासो राख्नु स्वभाविक भएपनि सरकार परिवर्तनमा नै चलखेल गर्छ भन्नु गलत रहेको जिकिर गरे ।
नेकपा एमालेका नेता राजन भट्टराईले नेपाल र भारतबिच भएका असमान सन्धीहरुको पुनरावलोकन गर्नुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रका नेता प्रमु शाहले नेपाल र भारत सम्बन्धलाई एक अर्काको खतराको रुपमा लिन भन्दा पनि एक अर्काको पुरक र आबश्यक्ताको रुपमा लिनुपर्ने तर्क गरे ।
प्रतिक्रिया दिनुहोस्