
काठमाडौं, भदौ १ । ऐतिहासिक र धार्मिक महत्वको कीर्तिपुरको बाघभैरव जात्रा बुधबार सम्पन्न भएको छ ।
सिंह संक्रान्ति मानिने आजको दिन बिहान तान्त्रिक विधिबाट पूजा गरी बाघभैरव जात्रा सुरु गरिएको थियो ।
यो जात्रामा बाघभैरव मन्दिरमा रहेको मुल मूर्तिको प्रतिरुप सानो मूर्तिलाई खटमा राखेर कीर्तिपुर नगर परिक्रमा गराइन्छ ।
लिच्छवी राजा शिवदेव तृतीयले कीर्तिपुरको जंगलमा मानवबस्ती बसाएर नगर र्निमाण गरेको र राजा विष्णु मल्लले जात्रा व्यवस्थित गरी पुनः चलाएको इतिहासमा उल्लेख छ ।
परापूर्वकालमा कीर्तिपुर जंगलमा गोठालाहरुले माटोको बाघको मूर्ति बनाएको र जिब्रो राख्न स्याउला खोज्न जाँदा बाख्रालगायतका वस्तुभाउ बाघ मूर्तिले खाइदिएको किम्बदन्ती छ ।
पछि गोठालाहरुले बाघको मूर्तिमा जिब्रो नहालिदिएको र जहिले पनि मुख वाएर बस्नुपर्ने सराप दिएको किम्बदन्ती रहेको छ । त्यसैले बाघभैरवको मूर्ति जिब्रो बिना मुख खोलेको अवस्थामा छ ।
यो जात्रामा बाघभैरवको मूर्तिको मुखभित्र ३ सय ६० ओटा रोटी चढाएर तान्त्रिक विधिबाट पूजा गरी र भक्तजनहरुले ३ सय ६० चोटी नै मन्दिर परिक्रमा गर्ने गर्दछन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्