काठमाडौं, भदौ ४ । प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूत बनेर चीन गएका उपप्रधानमन्त्री कृष्णबहादुर महरा आज स्वदेश फर्कदै छन् ।
चीनमा रहँदा महराले चिनियाँ प्रधानमन्त्री लि खछ्याङ, विदेशमन्त्री वाङ यी लगायतसँग भेटवार्ता गरेका थिए ।
महराले विदेशमन्त्री वाङमार्फत् राष्ट्रपति विद्या भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणको निमन्त्रणापत्र दिएका थिए ।
सो अवसरमा दुई नेताबीच आपसी हित, द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो ।
महराको भेटवार्तमा चिनियाँ अधिकारीहरुले सरकार परिर्वतन नेपालको आन्तरिक मामिला भएको भन्दै चीन नेपालमा स्थिरताको पक्षमा रहेको जनाएका थिए । बेजिङमा उच्चस्तरीय भेटवार्ता सकाएर महरा छेङ्दु हुँदै काठमाडौं फर्कन लागेका हुन् ।









प्रतिक्रिया दिनुहोस्