२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


स्थानीय तहको संख्या कम्तिमा ९२७ : कांग्रेस नेता, ५६५ नै हुनुपर्छ : एमाले नेता


0
Shares

काठमाडौं, भदौ ८ । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले दलहरुको सहमतिमा संविधानमा संशोधन गरी स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार काठमाडौंमा गरिएको साक्षात्कारमा नेता गजुरेलले निर्वाचन नभए संविधान कार्यान्वयनमा बाधा पुग्ने जिकिर गर्दै संविधान जोगाउन पनि दलहरुको सहमतिमा निर्वाचन गर्नुपर्ने धारणा राखे ।

नेपाली कांग्रेसका नेता एनपी साउदले स्थानीय तहको संख्या कम्तिमा ९ सय २७ पुर्‍याइ निर्वाचन गर्नुपर्ने बताए । उनले दलहरुबीच सहमति खोजेर भएपनि निर्वाचन गर्नेपर्ने बताए ।

यस्तै, नेकपा एमालेका नेता भीम आचार्यले भने स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदनअनुसार स्थानीय निकायको संख्या ५ सय ६५ नै हुनुपर्नेमा जोड दिए ।

मधेसी मोर्चाका तर्फबाट सद्भावना पाटीका नेता मनीष सुमनले संविधानमा राज्य पुनर्संरचनामा संशोधन नगरी मधेसमा स्थानीय निकायको निर्वाचन सम्भव नभएको बताए ।