
काठमाडौं, भदौ ८ । नेसनल ट्रेडिङ लिमिटेड टेकुका कर्मचारी ६ महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रेका छन् ।
सरकारले काममामात्र लगाउने तर ६ महिनासम्मको तलब नदिने गरेकाले लिमिटेडका २९० कर्मचारी आन्दोलनमा उत्रेका हुन् ।
उनीहरुले तलब समयमै दिनुपर्ने, सञ्चयकोष र नागरिक लगानीकोषको पैसा समयमै पठाउनुपर्ने, अवकाशप्राप्त कर्मचारीलाई उपदानको व्यवस्था गर्नुपर्ने, बिमा रकम पठाउनुपर्नेलगायतका माग राखेका छन् ।
संघर्ष समितिका संयोजक राजु रानाभाटले ६ महिनादेखि तलब नदिएपछि बाध्य भएर संघर्षमा उत्रनुपरेको बताए ।
उनले भने–‘हाम्रो माग सम्बोधन नभएसम्म हामी आन्दोलन जारी राख्छौं ।’
आन्दोलनरत् कर्मचारीले तलब नदिएको भन्दै मंगलबार महाप्रबन्धकको कार्यकक्षसमेत घेराउ गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्