
काठमाडौं, असार २५ । अघिल्लो दिन सामान्य अंकले रातोमात्र रहेको सेयरबजारमा सोमबार दोहोरो अंकको गिरावट आयो ।
बजार परिसूचक नेप्से झन्डै १८ अंकले ओरालो लागेर १२ सय ६ मा आएर थामियो ।
व्यापार र उत्पादनमूलक समूह सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।
बिमा समूहमा १३० अंकको उच्च गिरावट आयो । लघुवित्त, होटल, जलविद्युत्, विकास बैंक र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले झरे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीका १० लाख ९७ हजार कित्ता सेयर ४१ करोड ८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्