
काठमाडौं, भदौ १३ । टाटा मोटरले नयाँ ‘ह्याचब्याक’ गाडी ‘टियागो’ नेपाली बजारमा ल्याएको छ ।
टाटा मोटर्सका लागि नेपालको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले टाटाको पछिल्लो उत्पादन टियागोको नेपाली बजारमा बिक्री सुरु गरेको हो ।
‘स्र्पोटी लुक्स’को टियागोलाई नेपाली उपभोक्ताले रुचाउने कम्पनीको विश्वास छ ।
१२ सय सीसी क्षमताको तीन सिलिन्डरयुक्त इन्जिन रहेको यो गाडी पेट्रोल र डिजेल दुबै इन्जिनमा उपलब्ध छ ।
स्थानीय बजारमा कारको मूल्य २२ लाख ५५ हजार देखि २८ लाख ५५ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्