२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उपभोग्य वस्तुको मूल्यबृद्धिले यसरी ‘सेक्यो’(भिडियो हेर्नुहोस)


0
Shares

-कबिराज घिमिरे,ईमेज

धनकुटा, भदौ १४ । पछिल्लो समयमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।

वर्सेनि करिब १० प्रतिशतको हाराहारीमा उपभोग्य वस्तुको मूल्य वृद्धि भए पनि सर्वसाधारणको आम्दानीमा भने वृद्धि हुन सकेको छैन । मूल्यवृद्धि अधिकांश सर्वसाधारणको टाउको दुखाइको विषय बनेको छ ।

दैनिक उपभोग्य सामाग्रीको मुल्य बृद्धिले निम्न आय भएकाहरुलाई सबैभन्दा बढी असर पारेको छ । नेपाल राष्ट्र बैकले भर्खरै जारी गरेको देशको आर्थिक स्थितिको तथ्यांक हेर्ने हो भने यो वर्ष १० प्रतिशतले मुल्य वृद्धि भएको छ ।

पाँच वर्षको अवधीलाई हेर्ने हो भने ५० प्रतिशतभन्दा बढिले मुल्य बृद्धि भएको देखिन्छ । यसबीचमा दैनिक उपभोग्य सामानसँगै दलहन, गेडागुडी, लत्ताकपडा, जुत्तासहित घरायसी सामान तथा सेवाको मुल्य अत्यधिक बढेको छ ।

मूल्यवृद्धिको अनुपातमा सरकारी कर्मचारीको तलब भत्ताबाहेक सर्वसाधारणको आम्दानीमा भने वृद्धि भएको छैन ।

त्यसैगरी कृषकले उत्पादन गरेका वस्तु तथा मजदुरको ज्याला बढ्न सकेको छैन । मूल्यवृद्धि हुँदै जाने र आम्दानी भने नबढ्ने समस्याका कारण सबै क्षेत्र प्रभावित हुन थालेका छन् ।

मुल्य बृद्धिको सबैभन्दा ठूलो मार कृषक तथा मजदुरलाई परेको छ । धनकुटामा रहेका कुल ३७ हजार ६ सय ३७ परिवार मध्ये ८० प्रतिशतको हाराहारीमा कृषि पेसामा संलग्न छन् भने केही मजदुरी गरेर जिविकोपार्जन गदै आएका छन् ।

कृषि तथा मजदुरी गर्दै जिविकोपार्जन गर्नेहरुले आफूहरुको आयमा वृद्धि नहुने तर चर्को मूल्यवृद्धि हुँदा जिवन निर्वाह गर्न नै कठिनाई पर्ने गरेको गुनासो गरेका छन् ।

मूल्यवृद्धि हुने र क्रय शक्ति घट्ने क्रम जारी रहेकाले मुलुकको आर्थिक अवस्था नाजुक हुनेतर्फ सचेत रहन सर्वसाधारणले अपील गरेका छन् । उनीहरुले कृषिजन्य वस्तु र ज्याला समायोजन गर्न सरकारसँग माग गरेका छन् ।

मुल्य वृद्धिका कारण मुलुकका अधिकांश क्षेत्र प्रभावित छन् । त्यसमाथि कालोबजारीले सर्वसाधारणको ढाड सेकिने क्रम जारी छ । तर सरकारले प्रभावकारी अनुगमन गर्न सकेको छैन ।

कालोबजारी र मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले तत्काल ध्यान दिनुपर्ने जरुरी छ ।