
भक्तपुर, भदौ १४ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेसी मोर्चाले राखेको संविधान संशोधनको माग मधेसी जनताको माग नभएको बताएका छन् ।
रफत सन्चार क्लबले मंगलबार भक्तपुरमा गरेको साक्षात्कारमा उनले मधेसी मोर्चाका केही नेताहरुको मागलाई मधेसी जनताको माग भनेर बुझ्नु गल्ती हुने बताए ।
संविधान संशोधनका लागि नेपालमा नभएर अन्य मुलुकमा छलफल हुनुलेसमेत सत्तारुढ र मधेसी दलको नियत सही नभएको पुष्टि गरेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्