२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुनसरीका उपभोक्ता भन्छन् : मूल्यबृद्धी गरेर मनपरी गर्न पाइन्छ ?(भिडियो)


0
Shares

-रत्न आचार्य, ईमेज

सुनसरी, भदौ १५ । सुनसरीका उपभोक्ता मुल्य वृद्धिको मारमा परेका छन् । तरकारीसहित दैनिक उपभोग्य बस्तुको मुल्यमा अत्यधिक वृद्धि भएपछी सुनसरीका उपभोक्ता मारमा परेका हुन् ।

दैनिक उपभोग्य बस्तु, तरकारी र निर्माण सामाग्रीको मुल्य बढेपछी सुनसरीका अधिकांस उपभोक्तहरुले मुल्य बृद्धि नियन्त्रण गर्न माग गरेका छन् । चाडबाडको मौका छोपी व्यापारीले आफुखुशी मूल्य बढाउंदा समेत सरकारले नियन्त्रण गर्न नसकेको उनीहरुको आरोप छ ।

राजनैतिक अस्थिरताका कारण बेला बेलामा हुने सरकार परिवर्तनका कारण बजारमा मुल्य बृद्धिले सिमा नाघेको उपभोक्ताको गुनासो छ ।

व्यापारीहरुले संचालन गरेका पसलहरुमा मुल्य सुचि नराखी उपभोग्य बस्तुको क्रितिम अभाव सिर्जना गरी मुल्य बृद्धि गर्दा समेत सरकारले यसको नियन्त्रण गर्न नसकेको उपभोक्ता बताउंछन् ।

दशैं नजिकिंदै गरेको अबस्थामा व्यपारीहरुले बजारमा क्रितिम अभाव सिर्जना गरी, दाल, चामल, तेल, चिनी, तरकारी, फलफुल, निर्माण समाग्रीहरुको मुल्य बृद्धि गरिएको छ ।

सरकारको निति स्पष्ट नभएका कारण चर्को मुल्य बृद्धि भएको उपभोक्ता बताउंछन् । सरकारले समय समयमा बजार अनुगमन गर्ने र कालोबजारी गर्नेलाई कार्वाहि गर्न सके मुल्य बृद्धि नियन्त्रणलाई सर्बसाधारणले समेत सहयोग गर्ने उपभोक्तहरुको सुझाव छ ।

यता, व्यपारीहरुले भने विदेशी उत्पादनका सामाग्रीहरु खरिद गरी ल्याउनु परेकाले बजारमा महंगी बढेको दावी गरेका छन् ।

बेरोजगारका कारण नेपाली युवाहरु विदेश गएका कारण स्वदेशमा उत्पादन हुन छाडेपछी सरकारले भन्सार शुल्कमा गरेको मुल्य बृद्धिका कारण दैनिक उपभोग्य बस्तुदेखि लिएर सम्पुर्ण समाग्रीको मुल्य बढेको उद्योग वाणिज्य संघका सदस्य किरण कुमार अग्रवाल बताउँछन् ।

चाडबाडका बेला बजारमा अप्रत्यासित रुपमा हुने मुल्य बृद्धिका कारण निम्न आय आर्जन भएका सर्बसाधारणलाई भने चाडबाड मनाउन समेत समस्या भएको भन्दै सुनसरीवासीले चर्को मुल्यबृद्धि नियन्त्रण गरी सहज बनाउन सरकारसँग माग गरेका छन् ।