२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


भारतीय सिमानामा कालोबजारी, मूल्यबृद्धिले ढाड सेक्यो (भिडियो)


0
Shares

-डिल्लीराज पन्त, ईमेज

कञ्चनपुर, भदौ १५ । सुदूरपश्चिमी जिल्ला कञ्चनपुरमा पनि महंगीले आकाश छोएको छ । मूल्यवृद्धि हुँदै जाने र आम्दानी भने नबढ्ने समस्याका कारण सबै क्षेत्र प्रभावित हुन थालेका छन् ।

लामो समयदेखि वढिरहेको महंगीले कञ्चनपुरका सर्वसाधारण पनि मारमा परेका छन् । भारतसंग सीमा जोडिएको जिल्ला भएपनि मूल्यबृद्धिमा कुनै कमी छैन । व्यापारीले नै भारतबाट सस्तोमा सामान ल्याएर मंहगोमा बेच्दा जिल्लामा कालोबजारी झनै बढेको गुनासो सर्वसाधारणको छ ।

कञ्चनपुरमा ६ महिनाअघिको मूल्य र हालको मूल्य दोब्बरले बृद्धि भएको गुनासो सर्वसाधारणले गरेका छन् । नेपाल राष्ट्र बैकले जारी गरेको देशको आर्थिक स्थितिको तथ्यांक हेर्ने हो भने पनि यो वर्ष १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

पाँच वर्षको अवधिलाई हेर्दा भने ५० प्रतिशतभन्दा बढीले मूल्य बढेको हो । दैनिक उपभोग्य सामानसँगै दलहन, गेडागुडी, लत्ताकपडा, जुत्तासहित घरायसी सामान तथा सेवाको मूल्य अत्यधिक बढेको हो ।

दुर्गम ठाउँबाट पढ्न आएका विद्यार्थीसमेत मूल्यबृद्धिको मारमा परेका छन् । पढाई संगसंगै मूल्यबृद्धिको चिन्तासमेत थपिएको बिद्यार्थी बताउँछन् । महंगीले आकाशै छुँदासमेत स्थानीय प्रशासनले अनुगमन नगरेको गुनासो स्थानीयको छ ।

दैनिक ज्याला मजदुरी गर्ने मजदुरले दैनिक ज्याला न्यून हुने र दैनिक उपभोग्य बस्तुको मूल्य बढदै जादा दैनिक ज्याला मजदुरी गर्नेले त एक छाक मात्रै खानु पर्ने बाध्यता सृजना भएको छ ।

सरकारले दैनिक उपभोग्य बस्तुको न्यूनतम मूल्य निर्धारण गरेर बजारलाई त्यसलाई प्रभावकारी ढंगबाट अनुगमन र नियमन नगर्ने हो भने आम सर्वसाधारणको घरमा चूल्हो बल्नै गाह्रो हुने अवस्था देखिँदैछ ।