२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सेनाको पुनःसंरचना आवश्यकताअनुसार : रक्षामन्त्री खाँड


0
Shares

                                                        फाइल फोटो

                                                            फाइल फोटो

चितवन, भदौ १५ । रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुने बताएका छन् ।

बुधबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले नेपाली सेनाले नेपाल एकीकरणदेखि राष्ट्रिय अखन्डता, स्वतन्त्रता र एकताका लागि पुर्‍याएको भूमिका महत्वपूर्ण रहेको बताए ।

फरक प्रसंगमा मन्त्री खाँडले संविधान संशोधन गरी मधेसवादी दलको मागलाई सम्बोधन गरिने बताए । त्यसका लागि सरकारले गृहकार्य सुरु गरिसकेको उनको भनाइ थियो ।

मन्त्री खाँडले भने–‘संविधान संशोधनका लागि साझा धारणा बनाउने काम सुरु भएको छ ।’

मधेसवादी दलले राखेका मागको सम्बोधनपछिमात्र उनीहरु सरकारमा आउने वा नआउने टुंगो लाग्ने पनि मन्त्री खाँडले बताए ।

संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनले स्थानीय निकायको निर्वाचन समयमा नै हुने बताए ।

संविधान निर्माणमा जुटेका तीन ठूला दल संविधान कार्यान्वयनमा पनि एक हुने विश्वास उनले व्यक्त गरे ।

राज्य पुनःसंरचना गर्दा स्थानीय निकायको केन्द्रमा पुग्न बास बस्नुपर्ने अवस्था आउन नहुने र सानो भएर खर्च नधान्ने पनि हुन नहुने उनले बताए ।

नेपाली कांग्रेसका नेता खाँडले पार्टी विधानसम्मतरुपमा चल्ने कुरामा आफूले सहयोग गर्ने पनि बताए । रासस