२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एसएलसी स्तरबृद्धिको नतिजा सार्वजनिक


0
Shares

भक्तपुर, भदौ १५ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार साँझ प्रवेशिका (एसएलसी) पूरक अर्थात् स्तरबृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले ६७ हजार ३३ जना परीक्षार्थीको स्तरबृद्धि भएको जानकारी दिए ।

४० जनाको नतिजा भने स्थगित गरिएको छ ।

परीक्षामा ३१ हजार ३६५ जना छात्र र ३५ हजार ७०८ जना छात्रा गरी ६७ हजार ७३ जना परीक्षार्थी सहभागी भएका थिए ।

एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘ई’ ग्रेड ल्याउने नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र आंशिकतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना सहभागी हुनुपर्नेमा कम विद्यार्थीमात्रै सहभागी भएका थिए ।

कार्यालयले परीक्षा गत साउन १४ गतेदेखि २१ गतेसम्म सन्चालन गरेको थियो । रासस