
काठमाडौं, भदौ १५ । बुधबार पनि पुँजीबजारमा सुधार जारी रह्यो ।
शेयरबजार परिसूचक नेप्से पुनः १८ सयनजिक आइपुग्यो । यसदिन नेप्से ९ अंकले बढेर १७ सय ९७ बिन्दूमा पुग्यो ।
कारोबार भएकामध्ये अधिकांश समूहमा सुधार आएसँगै नेप्से बढेको हो । बीमा समूह सबैभन्दा उच्च १ सय २६ अंकले उक्लियो ।
उत्पादनमूलक समूह ५३ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि ९ अंकको सुधार आयो । यसदिन जलविद्युत् समूह १ सय अंकले आरोलो लाग्यो भने होटल समूहमा पनि २९ अंकको गिरावट आयो ।
यसदिन १ सय ४६ कम्पनीको साढे १७ लाख कित्ता शेयर १ अर्ब २५ करोड रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्