
प्रज्ञा तिमल्सिना/भरत केसी (इमेज)
काठमाडौं, भदौ १५ । ९औं पुस्तकालय दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर, पछिल्लो समय पुस्तकालयको संस्कृति कमजोर बन्दै गएको पाइएको छ ।
अर्कोतर्फ गत वर्षको भूकम्पबाट क्षतिग्रस्त बनेका पुस्कालयहरुको पुनःनिर्माण नहुँदा मूल्यवान पुस्तकहरु बोरामा राख्नुपर्ने अवस्थामासमेत रहेको छ ।
नेपालका ठूला तीन पुस्तकालयहरुमा हिजोआज मानिसहरु पुस्तक पढ्न नभइ पत्रपत्रिका पढ्नमात्रै आउछन्भन्दा अच्चम लाग्न सक्छ ।
तर, डेढ वर्षदेखि ती तीन ठूला पुस्तकालयका पुस्तकहरु बोरामा पोको पारेर राखिएका कारण मानिसहरु पुस्तकालय पुस्तक पढ्न नभइ पत्रपत्रिका पढ्नमात्र जाने गरेका हुन् ।
राष्ट्रिय पुस्तकालय, त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र केशरमहलको केन्द्रीय पुस्तकालयमा भूकम्पले व्यापक क्षति पुर्याएको छ । जसका कारण ७ लाखभन्दा बढी पुस्तकहरु बोरामा पोको पारेर राखिएको छ ।
नेपालमा पुस्तकालय सुरुआतको २ सय ४ वर्ष लामो इतिहास छ । वि.सं. १९२६ सालमा तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरका छोरा केशर शम्शेरले आफूले संककलन गरेका पुस्तकहरुलाई व्यवस्थितरुपमा राख्नका लागि केशरमहल पुस्तकालय स्थापना गरेका थिए । जहाँ रहेका ६५ हजार पुस्तकहरु भूकम्पपछि बोरामा पोको पारेर राखिएको छ ।
पुस्तकालय जाने मानिसहरु पालमा बसेर पत्रप्रत्रिका पढेर फर्किने गरेका छन् । दिनहुँ २०/३० जना मानिसहरु पत्रिकामात्र पढ्नमात्र भएपनि पुग्ने गरेका छन् ।
लामो इतिहास बोकेको पुस्तकालय भवन पुरानो र जीर्ण अवस्थामा छ । यसको जिम्मा कुन निकायले लिने भन्ने अन्योलका कारण यस्तो हविगत भएको पुस्तकालयका अधिकारीहरुले बताएका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्