
सिन्धुली, भदौ १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकारले संविधान कार्यान्वयन गर्नै नसक्ने दाबी गरेका छन् ।
सिन्धुली, सदरमुकाम सिन्धुलीमाडीमा विहीबार आयोजित कार्यकर्ता भेलामा उनले ‘तोकिएको समयमा सबै तहको निर्वाचन नहुने लक्षण देखिएकाले संविधान कार्यान्वयन हुनै सक्दैन’–भने ।
सबैको सहमतिमा संविधान संशोधन गर्ने हो भने धर्मनिरपेक्षताको खारेजी र सनातन हिन्दूराष्ट्र कायम हुनेगरी संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्