२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एशियाको विकासका लागि देशहरुबीच एकआपसमा सञ्जाल विस्तार हुनुपर्छ : नेत्री कोइराला


0
Shares

काठमाडौं, भदौ १८ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले एशियाका राजनीति दल एकआपसमा मिलेर अगाडि बढेमात्र सोचेकोजस्तो लक्ष्य हाँसिल हुने बताएकी छिन् ।

\एशियाली राजनीति दल (आइक्याप)को नवौँ साधारणसभाका क्रममा मलेसियाको क्वालालम्पुरमा बोल्दै नेत्री कोइरालाले सबै समुदायको साझा र गन्तव्य बनाउनु अहिलेको आवश्यकता रहेको बताए ।

आइक्याप स्टाण्डिङ कमिटिको सदस्यसमेत रहेकी कोइरालाले विकासका लागि देशहरुबीच एकआपसमा सञ्जाल विस्तार हुनुपर्ने धारणा राखेकी थिएन् । उनले भनिन्,‘विविधताविच एकता नै एशियाको शक्ति हो यसलाई जोगाउन शान्ति, भ्रातृत्व र सहयोग अपरिहार्य छ ।’

उनले आइक्यापले शान्ति, न्याय र समृद्धिका लागि काम गर्न सक्ने भन्दै अति जटिल र चिसिँदो अन्तर्राष्ट्रिय सम्बन्धले ती विषयमा प्रभाव परिरहेको बताइन् ।