
काठमाडौं, भदौ १८ । यो साता पुँजीबजारमा उच्च अंकको बृद्धि आयो । कारोबार परिमाण पनि शतप्रतिशतले बढ्यो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब ५७ अंकले बढेर अन्तिम दिन १८ सय ५ अंकमा पुग्यो ।
जलविद्युत् र होटल समूहमाबाहेक अरु कारोबार भएका सबै समूहमा बृद्धि आएसँगै नेप्सेमा उच्च अंकको बृद्धि आएको हो । यो साता बिमा समूह सबैभन्दा उच्च १ सय ७२ अंकले बढ्यो ।
यस्तै, उत्पादनमूलक समूह १ सय ५२ अंकले, विकास बैंक समूह ७५ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि करिब ६९ अंकको उच्च बृद्धि आयो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५७ कम्पनीहरुको ६ अर्ब ९१ करोड ४१ लाख रुपैयाँ बराबरका ९७ लाख १५ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।
गत साता १ सय ५६ कम्पनीहरुको ३ अर्ब ४५ करोड १४ लाख रुपैयाँ बराबरका ४७ लाख ८१ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा १ सय १ प्रतिशतले बढी हो ।
यो साता कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक, कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ र कारोबार संख्याको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लि. अग्रस्थानमा रहे ।
कारोबार रकमकै आधारमा नेपाल बंगलादेश बैंकलाई लुम्बिनी जनलर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, नेपाल इन्भेस्टमेन्ट लिमिटेड र एनएमबी बैंकले क्रमशः पच्छ्याएको नेपाल स्टक एक्सचेन्जले जनाकएको छ ।
प्रतिक्रिया दिनुहोस्