काठमाडौं, भदौ १८ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले अर्थतन्त्रको पहुँच पुर्याउन पुँजीवाद र साम्यवादबीचको बाटो अपनाउनुपर्ने बताएका छन् ।
सेन्टर फर कन्सोलिडेसन अफ डेमोक्रेसीले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले पुँजीवाद र साम्यवादलाई एकीकृत गरेर नै प्रजातान्त्रिक समाजवाद हुने बताए ।
पूर्वअर्थमन्त्री महतले जनतालाई अधिकार दिन राज्यसँग पर्याप्त पुँजी हुनुपर्ने पनि बताए ।
राज्यको सम्पत्ती बढाउन लगानीको वातावरण बनाउनुपर्ने, उत्पादन र सेवाका क्षेत्रहरु बढाउनुपर्ने एवं स्वस्थ्य प्रतिस्पर्धाको वातावरण हुुनुपर्ने उनको भनाइ छ ।
उनले हरेक क्षेत्रमा राजनीति हावी भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।
कार्यक्रममा एमाले नेता घनश्याम भुसालले देश निर्माणका लागि शक्तिको नभइ जनताको प्रतिनिधित्व गर्नुपर्ने धारणा राखे ।





प्रतिक्रिया दिनुहोस्