Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


युरोपा लिग फुटबल : चेल्सी र आर्सनल विजयी


0
Shares

काठमाडौं, चैत २९ । युरोपा लिग फुटबलको क्वाटरफाइनल पहिलो लेगका खेलमा चेल्सी र आर्सनल विजयी भएका छन् ।

इंग्लिस क्लब चेल्सीले गएराति चेक गणतन्त्रको स्लाभिया प्रागलाई १–० ले हरायो । चेल्सीका लागि स्पेनिस डिफेन्डर मार्कस अलन्सोले निर्णायक गोल गरे । 

गएराति भएको अर्को खेलमा आर्सनलले ईटालीको नापोलीमाथि २–० को जित निकाल्यो । आफ्नै मैदानमा आर्सनललाई विजयी गराउन आरोन राम्सेले एक गोल गर्दा नापोलीका डिफेन्डर कालिदु काउलीबालीले एक आत्मघाती गोल गरे । 

युरोपा लिग क्वाटरफाइनल पहिलो लेगका अन्य खेलमा स्पेनको भ्यालेन्सियाले आफ्नै देशको भियारियाललाई ३–१ ले हराउँदा पोर्चुगलको बेनिफिकाले जर्मनीको आईन्त्राच फ्र्याङ्कफर्टलाई ४–२ ले पाखा लगायो ।