
काठमाडौं, भदौ १९ । आइतबार शेयर बजार परिसूचक नेप्सेमा दोहोेरो अंकको बृद्धि आयो ।
वाणिज्य बैंक समूहमा साढे २४ अंकको सुधार आएसँगै नेप्से पनि बढेको हो ।
यसदिन नेप्से साढे १४ अंकले बढेर १८१९ बिन्दुमा पुग्यो । यसदिन कारोबार भएकामध्ये आधा समूहमा बृद्धि आयो भने आधा समूहमा गिरावट आयो ।
वाणिज्य बैंकसहित होटल, विकास बैंक र बीमा समूहमा बृद्धि आयो भने जलविद्युत, बित्त, उत्पादनमुलक र अन्य समूहमा गिरावट आयो ।
यसदिन १४६ कम्पनीको २१ लाख बराबर कित्ता शेयर १ अर्ब ६४ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्