Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नेपालको पर्यटकीय भूमिलाई निषेधित क्षेत्र घोषणा गर्नु दुःखद् : मन्त्री शाही


0
Shares

काठमाडौं, भदौ २२ । पर्यटनमन्त्री जीवनबहादुर शाहीले छिमेकी मुलुकले सुरक्षाको नाममा नेपालका उत्तरी क्षेत्रका कतिपय महत्वपूर्ण पर्यटकीय गन्तव्यलाई निषेधित क्षेत्रकोरुपमा राखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बुधबार काठमाडौंमा नेपाल पर्वतारोहण संघले गरेको कार्यक्रममा उनले आफ्नो भू–भागमा वर्षेनि लाखौं पर्यटक भित्र्र्‍याउने तर नेपालको पर्यटकीय भूमिलाई निषेधित क्षेत्र घोषणा गर्नु दुःखद् भएको बताए ।

निषेधित क्षेत्र घोषित गरिएका ठाउँलाईसमेत पर्यटकका लागि खुला गर्ने वातावरण बनाउन लागिपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा मन्त्री शाहीले यो वर्षको कुमार खड्गविक्रम साहसिक पुरस्कार हिमालयय क्षेत्रमा उद्धारमा क्रियाशील छिरिङ पाण्डे भोटे, डा. हर्क गुरुङ पर्वतीय पुरस्कार सामाजिक अभियान्ता महावीर पुन तथा दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार पत्रकार नारायण भण्डारीलाई प्रदान गरेका थिए ।

Skip This