काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले म्यान्चेस्टर युनाइटेडलाई हराएको छ ।
गएराती म्यान्चेस्टर युनाइटेडको मैदानमा भएको क्वाटरफाइनल पहिलो लेगको खेलमा बार्सिलोना १–० ले विजयी भयो ।
पाहुना टोलीलाई साँघुरो जित दिलाउन म्यान्चेस्टरका लुक शहले एक आत्माघाती गोल गरे ।
खेलको १२ औं मिनेटमा शहले गरेको आत्माघाति गोल बार्सिलोनालाई जिताउन पर्याप्त रह्यो । हारपछि म्यान्चेस्टर युनाइटेडको सेमिफाइनल पुग्ने संभावना कठिन बनेको छ ।
क्वाटरफाइनल पहिलो लेगकै अर्को खेलमा इटालीको युभेन्टसले नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमसँग १–१ गोलको बरारबी खेल्यो ।
गएराती आयाक्सको मैदानमा भएको खेलमा पाहुना टोली युभेन्टसका क्रिश्चियानो रोनाल्डोले पहिलो गोल गरे ।
तर घरेलु टोलीका डेभिड नेरेजले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।








प्रतिक्रिया दिनुहोस्