२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


शेयरबजारमा बुधबार पनि गिरावट जारी


0
Shares

काठमाडौं, भदौ २२ । बुधबार पनि शेयरबजारमा गिरावट जारी रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से १० अंक बराबरले ओरालो लागेर १८ सय २४ कायम भएर थामियो ।

वाणिज्य बैंकलगायत कारोबार भएकामध्ये बढीजसो समूह ऋणात्मक रहेसँगै नेप्से ओरालो लागेको हो । वाणिज्य बैंक समूहमा २० अंकको गिरावट आयो ।

उत्पादनमूलक, जलविद्युत्, विकास बैंक र वित्त समूह सामान्य अंकले घटे । बिमा, होटल र अन्य समूह भने सकारात्मक रहे । बिमा समूहमा ९४ अंकको उच्चबृद्धि आएपनि होटल र अन्य समूह भने नगन्य अंकले मात्र सकारात्मक रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४५ कम्पनीको २९ लाख ३२ हजार कित्ता शेयर १ अर्ब ६५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।