जयराम बास्तोला (इमेज)
भक्तपुर, भदौ २३ । आपूर्ति व्यवस्थानपन तथा उपभोक्ता हित सरंक्षण विभागले भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा सन्चालित विभिन्न खाद्यपदार्थ बिक्री–वितरण पसलहरुमा अनुगमन गरेको छ ।
सल्लाघारी र कटुन्जे क्षेत्रमा रहेका किराना स्टोर, मिनीमार्ट, खाद्य स्टोरलगायतका पसलमा अनुगमन भएको हो ।
अनुगमनमा दर्ता नभएको, मूल्यसूची नराखेको, तौल गर्ने तराजुको नापतौल विभागबाट नवीकरण नगरेको पाइएको थियो ।
टोलीले प्रेम किराना पसल, न्यू राजाराम स्टोर, सुवर्णेश्वर सप्लार्यस, रचना किरना पसल र आयुष किराना स्टोरलाई सात दिनभित्र कानुन बमोजिम दर्ता गर्न र अरु आवश्यक प्रक्रिया पुरा गर्न निर्देशन दिएको छ ।
विभागले यसअघिको अनुगमनमा ‘सिल’ गरेको सल्लाघारीस्थित महेश स्टोर र मनिल फूड प्रोडक्सको सिल खोलेको अनुगमन टोलीका संयोजक ढुण्डिराज पोखरेलले जानकारी दिए ।
टोलीले रचना किराना पसलमा भेटिएको म्याद नाघेका पेयपदार्थ, आयुष किरानामा मिनिरल वाटर, न्यू राजाराम स्टोरमा घिउ नस्ट गरेको छ ।





प्रतिक्रिया दिनुहोस्