
रसुवा, भदौ २६ । शनिबार रातिदेखि परेको वर्षाका कारण पासाङ ल्हामु राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात अबरुद्ध भएको छ ।
रसुवाको राम्चे, मूलखर्क, भार्खु क्षेत्रका सडकमा पहिरोका कारण यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी गराएको छ । भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या परेको छ ।
सडक अबरुद्ध भएपछि रसुवागढी नाकाबाट सामान लिई आएका ट्रक तथा कन्टेनर अलपत्र परेका छन् ।
बाटो खुलाउने प्रयासका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्