
काठमाडौं, भदौ २६ । आइतबार सुनको मूल्य सामान्य दरले ओरालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ५८ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार पनि २ सय रुपैयाँले नै झरेर ५८ हजार ९ सयमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि १५ रुपैयाँले घटेर ८ सय ६५ रुपैयाँ प्रतितोलामा किनबेच भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्