काठमाडौं । ब्राजिलियन फुटबल हस्ती पेले अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पिसाबसम्बन्धी समस्याको उपचारका लागि उनी गत बुधवार फ्रान्सको पेरिसस्थित एक अस्पतालमा भर्ना भएका थिए ।
७८ वर्षिय पेलेको पिसाबमा संक्रमण भएपछि लगातार दोस्रो पटक अस्पताल भर्ना भएका हुन् ।
पेले अस्पतालबाट डिस्चार्ज भएर ब्राजिल फर्किएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
पेलेले आफु केही दिनमै पूर्णरुपले स्वस्थ भएर स्वभाविक दैनिकीमा फर्किने एक विज्ञप्तिमार्फत जनाएका छन् ।
उनी फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्टार किलियन एम्बाप्पेको एक कार्यक्रममा सहभागी हुन फ्रान्स पुगेका थिए ।
पेले तिन पटक विश्वकप फुटबल जित्ने संभवतः एक्लो खेलाडी हुन् ।
उनले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्वकप फुटबलको उपाधि दिलाएका थिए ।
‘कालो हिरा’ उपनामले प्रसिद्ध पेले विश्वभरका युवा फुटबल खेलाडीका रोल मोडल हुन् ।








प्रतिक्रिया दिनुहोस्