
काठमाडौं, भदौ ३१ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरी दुई देशबीच भएको छलफलबारे सञ्चारकर्मीहरुलाई जानकारी गराएका छन् ।
दुई देशका प्रतिनिधिसहितको संयुक्त बैठक सकिएलगत्तै पत्रकार सम्मेलन गर्दै दुबै देशका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध हार्दिक बनाउनेमा जोड दिए ।
पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले सबै पक्षको भावनालाई समेट्दै नयाँ संविधान कार्यान्वयन गर्न नेपाल सफल हुने विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनमा मोदीले नेपालको संविधानबारे एक बाक्यमा आफ्नो धारणा राखेका हुन् । नेपालमा शान्ति, स्थिरता र विकास होस् भन्ने भारतले चाहेको भन्दै मोदीले नेपालको विकासमा सहयोग गर्न भारत सदैव तयार रहेको बताए ।
उनले अहिले प्रक्रियामा रहेका आयोजनाहरुलाई छिट्टो सम्पन्न गर्नसमेत आफू र दाहाल सहमत भएको बताए ।
दुबै देशका प्रतिनिधि सम्मिलित बैठक सकिएलगत्तै संयुक्त पत्रकार सम्मेलन गरिएको हो । यसअघि प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा एक्लै भेटवार्ता गरेका थिए ।
यसैगरी प्रधानमन्त्री दाहालले आजै भारतीय राष्ट्रपति प्रणव मुखर्जीलगायतसँग पनि भेटवार्ता गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्