१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘संविधानको कुन धाराले कुन समुदाय, कुन जाति र वर्गको अधिकार कुन्ठित गरेको छ ?’


0
Shares

कन्चनपुर, भदौ ३१ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधनका विषयमा स्पस्ट धारणा आउनुपर्ने बताएका छन् ।

शुक्रबार कन्चनपुरमा आयोजित एक कार्यक्रममा उनले ‘संविधान संशोधन केका लागि हो ? भन्ने स्पस्ट धारणा आएपछिमात्रै सोच्न सकिने’ बताए ।

‘संविधानको कुन धाराले कुन समुदाय, कुन जाति र वर्गको अधिकार कुन्ठित गरेको छ ? त्यस विषय स्पस्ट भएपछि सच्याउनुपर्ने भए एमालेपछि नपर्ने’ रावलको भनाइ थियो ।

उनले अहिले बाह्यशक्ति संविधान असफल बनाउन सक्रिय भएको आरोपसमेत लगाए ।