४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


संविधान कार्यान्वयन पहिलो काम : देउवा


0
Shares

काठमाडौं, भदौ ३१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन पहिलो काम हो भन्दै सबैको सहमति भएमा देशका सबै समस्या समाधान हुने बताएका छन् ।

शुक्रबार राजधानीमा भएको क्याटरिङ व्यवसायीहरुको साधारणसभामा बोल्दै उनले दलहरुको सहकार्यमा जोड दिए ।

कार्यक्रममा नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन गर्दैै जाने हो भने देश संकटमा फस्ने जिकिर गरे ।

सो अवसरमा सामाजिक उत्तरदायित्व बहन गरेको भन्दै विभिन्न पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीलाई सम्मान गरिएको थियो ।