४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


भारतीय राष्ट्रपति मुखर्जीसँग प्रधानमन्त्री दाहालको भेटवार्ता


0
Shares

नयाँदिल्ली, भदौ ३१ । भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भारतीय राष्ट्रपति भवनमा शुक्रबार भएको सो भेटमा दुबै मुलुकको आपसी हित र सम्बन्धकाबारेमा छलफल भएको बताइएको छ ।

सो अवसरमा निकट भविष्यमा हुने भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणकाबारेमासमेत कुराकानी भएको थियो ।

भेटमा दुबै मुलुकका उच्चस्तरीय प्रतिनिधिमन्डलको सहभागिता थियो ।

यसअघि, प्रधानमन्त्री दाहालले शुक्रबारै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिए । रासस