२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सुनको भाउ शुक्रबार ओरालो लाग्यो


0
Shares

काठमाडौं, भदौ ३१ । शुक्रबार सुनको मूल्य ओरालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार सुनको मूल्य तोलाको ५८ हजार ५ सय रुपैयाँमा स्थीर रहेको थियो ।

शुक्रबार चाँदीको भाउ भने ८ सय ६० रुपैयाँमा स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय १५ डलर हाराहारीमा कारोबार भएको थियो ।