Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


मधेस टुक्र्याउने नियतले संविधान संशोधनको कुरा आएको हुनसक्छ : बामदेव


0
Shares

विराटनगर, असोज १ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले मधेसलाई टुक्र्याउने नियतले संविधान संशोधनको कुरा आएको हुनसक्ने भन्दै सचेत रहनुपर्ने बताएका छन् ।

शनिबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै एमाले उपाध्यक्ष गौतमले संविधान जारी भएको एक वर्ष पनि नपुग्दै संशोधन गर्नुपर्ने आवश्यकता नै नभएको बताए ।

उपाध्यक्ष गौतमले संविधान कार्यान्वयनमा बाधा पुगेमात्र संशोधन गरिने भन्दै अहिलेसम्म कुनै समस्या नभएको जिकिर गरे ।

उनले कसैले संविधानको स्वागत् र समर्थन नगरेपनि कार्यान्वयन गरी छाड्ने दृढता व्यक्त गरे ।

Skip This