Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


अब अर्गानिक कृषि पर्यटन (भिडियो रिपोर्ट)


0
Shares

शंकर खनाल (इमेज)
काठमाडौं, असोज १ । पर्यटकका माध्यमबाट नेपाललाई धनी बनाउने सपना राजनीतिक दलका नेताहरुले पटक–पटक देखाउने गरेका छन् । पर्यटकका सम्भावना पनि प्रचुर छन् ।

तीमध्येको एक हो, अर्गानिक कृषि पर्यटन । तर, सरकारी बेवास्ताका कारण अर्गानिक कृषि पर्यटनले सोचजस्तो प्रगति गर्न सकेको छैन ।

पछिल्लो समय अर्गानिक कृषि पर्यटनको महत्व बढ्दै गएको छ । कृषि बजारमा अखाद्य वस्तुको मात्रा बढ्दै गएपछि विभिन्न क्षेत्र र संघ–संस्थाको चासो पनि अर्गानिक कृषि क्षेत्रतर्फ बढ्दै गएको हो ।

बजारमा पाइने कृषिजन्य वस्तुको प्रयोगले मानवस्वास्थ्यमा नकरात्मक असर पार्दै गएको, रासायनिक तथा किटनासक औषधिको प्रयोगले मानिसहरु अस्वस्थ भएको भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरु अर्गानिक कृषि पर्यटनलाई स्थापित गराउनसके बजारमा बढ्दै गएको अस्वस्थ्यकर वस्तुको खरिद–बिक्री स्वतः निरुत्साहित हुने बताउँछन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले कृषि र पर्यटन एक अर्काको परिपुरककारुपमा रहेको भन्दै अर्गानिक कृषि पर्यटनलाई महत्व दिन सरकारलाई सुझाव दिएको छ ।

कृषिमन्त्री गौरीशंकर चौधरीले रासायनिक र किटनाषक औषधिको प्रयोगले मानवस्वास्थ्यमा नकरात्मक असर परेको भन्दै सरकारले अर्गानिक कृषि पर्यटनलाई नीति बनाएर अगाडि बढाउने बताए ।

विश्व पर्यटन बजारमा नेपालको छवि निमार्णको लागि पनि कृषि पर्यटनको महत्व रहने भन्दै उनले नेपालमा आउने पर्यटकहरुलाई अर्गानिक खाना खान पाइन्छ भन्ने सन्देश दिन सक्नुपर्ने बताए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।