
रत्नप्रसाद आचार्य (इमेज)
सुनसरी, असोज १ । सुनसरीको सप्तकोसी नदीमा शनिबार दिउँसो साढे १२ बजेतिर भएको डुंगा दुर्घटनामा बेपत्ता भएकाको संख्या अझै यकिन हुन सकेको छैन ।
श्रीलंका टापुबाट प्रकाशपुर–५ राजाबासा आउँदै गरेको डुंगा पल्टिएको हो । डुंगामा सवार ३७ जनाको सकुशल उद्धार गरिएको उद्धारमा संलग्न डीएसपी विनोद घिमिरेले जानकारी दिए ।
४५ जना अट्ने डुंगामा कतिजना सवार थिए भन्ने यकिन नभएकोसमेत घिमिरेले बताए ।
वर्षाले गर्दा बेपत्ता अरुको खोजी र उद्धार गर्न कठिनाइ भएको छ ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएको छ ।
श्रीलंका टापुबाट हाट भर्न आएका यात्री चढेको डुंगा राजाबासा आइपुगेपछि भंगालोमा फसेको थियो ।
प्रतिक्रिया दिनुहोस्