काठमाडौं, असोज १ । कैलाशकूट बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा संस्थाको शेयरपुँजी ५७ लाख ८० हजार पुगेको संस्थाले जनाएको छ ।
त्यस्तै, यस अवधिमा संस्थाको कुल आम्दानी १ करोड ५० लाख बराबर रहेको जनाइएको छ ।
उक्त आर्थिक वर्षमा संस्थाको निक्षेपमा ८१ लाख बराबरले बृद्धि भइ १२ करोड ५५ लाख रुपैयाँ बराबर पुगेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्