Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


भृकुटीमन्डपमा खाद्य तथा पेय एवं आतिथ्य सत्कार मेला


0
Shares

काठमाडौं, असोज १ । राजधानीको भृकुटीमन्डपमा जारी खाद्य तथा पेय एवं आतिथ्य सत्कारसम्बन्धी मेलामा सर्वसाधारणको भीड लागेको छ ।

शुक्रबारदेखि सुरु भएको तीनदिने आतिथ्य मेलामा सर्वसाधारण्को उत्साहजनक सहभागिता रहेको हो ।

हाउस अफ राजकर्णिकारको आयोजनामा वर्षेनि यस्तो मेला हुँदै आएको छ । मेलामा ४ सय ब्रान्ड, २ सय संस्था, १ सय ५० स्टल रहेको जनाइएको छ ।

चाडपर्व नजिकिँदै गर्दा खाद्यसम्बन्धी जानकारी गराउने उद्देश्यले मेला आयोजना गरिएको आयोजक हाउस अफ राजकर्णिकारका प्रबन्ध निर्देशक वीरेन्द्र राजकर्णिकारले बताए ।

मेलामा विदेशी सेफहरुको पनि सहभागिता रहेको जनाइएको छ ।

मेलाको ४० हजार सर्वसाधारणले अवलोकन गर्ने आयोजकको अनुमान छ ।